यू–१४ टेनिसमा स्वस्तिका र शिभालीको जोडी च्याम्पियन

Read Time:1 Minute

नेपालका स्वस्तिका विष्ट र शिभाली गुरुङको जोडी २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार च्याम्पियन बनेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा स्वस्तिका र शिभालीको जोडीले नेपालका प्रशंसा मोक्तान र आद्या पौडेलको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा सिंगल्समा भारतका भिभान मिर्धा पहिलो भए । फाइनलमा भिभानले नेपालका आयुशमान हजुर घलेलाई ५–७, ७–६ ९३० र ६–२ को सेटमा हराए।

ब्वाइज डबल्समा पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीले हङकङका छुइन हेइ करिसन फुङ र छियोङ मोरिस ताङको जोडीलाई ६–० र ६–४ तथा भारतका सिद्धार्थ जिबु र भारतका भिभान मिर्धाको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ६–४ र ६–२ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे।

ब्वाइज डबल्सको फाइनल शनिबार हुनेछ । शनिबारै गल्र्स सिंगल्सको फाइनल पनि हुनेछ । गर्ल्स सिंगल्सको उपाधिका लागि नेपालका शिभाली गुरुङ र नेपालका आद्या पौडेल भिड्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जियासले विश्वकपको सबै रकम च्यारिटीमा दिने
Next post प्रतिष्ठाकाे लडाइँमा क्राेएसिया र माेरक्काे
Close