यू–१४ टेनिसमा शिभाली बनिन् च्याम्पियन

Read Time:2 Minute

नेपालकी शिभाली गुरुङ २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को गर्ल्स सिंगल्समा शनिबार च्याम्पियन बनेकी छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै दोहोरो स्वर्ण जितिन् । यसअघि शिभालीले नेपालकी स्वस्तिका विष्टसंग मिलेर गल्र्स डबल्समा स्वर्ण जितेकी थिइन्।

ब्वाइज सिंगल्समा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई शुक्रबार फाइनलमा ५–७, ७–६ ९३० र ६–२ ले हराउदै पहिलो स्थान हात पारेका थिए।

नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा शनिबारै भएको ब्वाइज डबल्समा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले पाकिस्तानका जोहेब अफ्जल मलिक र यमनका हमुद इयाडको जोडीलाई सीधा सेटमा ६–४ र ६–४ ले पाखा लगाए ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे, प्रतियोगिता निर्देशक मालिका बस्नेत राणालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

छदिने प्रतियोगितामा २६ ब्वाइज र १७ गल्र्स गरी ४३ खेलाडी सहभागी थिए । सिंगल्स र डबल्समा प्रतिस्पर्धा भएको थियो । एसियाली टेनिस महासंघको स्वीकृतिमा सञ्चालित प्रतियोगिताअन्तर्गत सर्किट– २ का खेलहरु सोमबारदेखि हुने नेपाल टेनिस संघका कार्यालय सविच प्रवीण देवकोटाले जनाएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बाँके जिल्ला फुटबल संघको मानार्थ उपाध्यक्षमा देवेन्द्र र सुशिल मनोनित
Next post मोरक्कोलाई हराउँदै तेस्रो भयो क्रोएसिया
Close