यू–१५ साफ च्याम्पियनसिप : बंगलादेशले उपाधि, नेपाल चौथो

सातदोबाटोस्थिति एन्फा कप्लेक्स मैदानमा भएको यू–१५ साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।
शनिबार भएको खदेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ ले पारजित गर्दै बंगलादेश यू–१५ साफ च्याम्पियन बनेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाकिस्तान र बंगलादेशले निर्धारित समयमा १–१ को बराबरी खेलेका थिए ।
पाकिस्तानका कप्तान सइब अहमेदले खेलको २५औँ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दा बंगलादेश १–० ले अगाडि बढ्यो । खेलको ५५औँ मिनेटमा मोहोबुलाह उलाहले पाकिस्तानलाई १–१ को बराबरीमा पु¥याए ।

पाकिस्तानका हसिब अहमेद खान प्रतियोगिताकै मोस्ट भ्यालुएबल खेलाडी बनेका छन् ।

नेपाल भारतसँग पराजित
यू–१५ साफ च्याम्पियनसमा नेपाल चौथो स्थान मा सीमित बनेको छ । शनिबार तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग १–०ले पराजित हुँदै नेपाल चौथो बनेको हो ।

भारततर्फबाट १२ नम्बरका खेलाडी थ्लासिउ भान्लालुइफिलाले खेलको १९ मिनेटमा गोल गरेका थिए ।

नेपाल सेमिफाइनलमा पाकिस्तानसँग ४–० ले पराजित भएको थियो भने भारत बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।