यू–१८ राष्ट्रिय महिला भलिबल : आयोजक न्यू डायमण्ड र एभरेस्ट फाइनलमा

Read Time:1 Minute

आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट मावि बुटवल काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन्।

अयोजक डायमण्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन्।

पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा एभरेस्टले ब्राइट फ्युचर माविलाई २५–१४, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । दोस्रो सेमिफाइनलमा आयोजक डायमण्डले आफ्नै कोर्टमा धादिङ स्पोर्ट्स क्लबलाई २५–११, २५–२० र २५–२३ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।

फाइनल शनिबार हुनेछ । शनिबारै तेस्रो र चौथो स्थानको लागि ब्राइट फ्युचर र धादिङबीच प्रतिस्पर्धा हुनेछ।

च्याम्पियनसिपको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Happy
Happy
57 %
Sad
Sad
14 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
29 %
Previous post र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि ह्वाइट वाटर र फ्रिडमलाई
Next post बराबरीमा रोकिए वुल्भ्स र फुलमहम
Close