अर्को वर्ष हुने यू–१९ विश्वकप खेल्न नेपालले १९२ रनको लक्ष्य डिफेन्ड गर्नुपर्ने भएको छ । यू–१९ विश्वकपको एसिया छनोटको अन्तिम खेलमा नेपालले आयोजक युएईलाई १९२ रनको लष्य दिएको हो।
मध्यम लक्ष्यमा जित निकाल्न सकेन नेपाल ८ वर्षपछि यू–१९ विश्वकपका लागि छनोट हुनेछ।
अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ बलमा अलआउट हुँदै १९१ रन बनायो । दुवै आपर सस्तैमा आउट भएपछि दबाबमा आएको नेपालका लागि देव खनालले कप्तानी इनिङ खेले ।
नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय इनिङ खेले। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, विशालविक्रम केसीले ५० बलमा ३८ रन बनाउँदा उत्तम थापा ३६ रन बनाए ।
युएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी, र आयान खानले समान २ विकेट लिए।