देव र अर्जुनको शतकमा कुवेतलाई नेपालले दिए ३४४ रनको लक्ष्य

Read Time:1 Minute

कप्तान देव खनाल र ओपनर अर्जुन कुमालको शतक मद्दतमा यू–१९ विश्वकपको एसिया क्षेत्रको छनोटको दोस्रो नेपाले कुवेतलाई ३४४ रनको विशाल लक्ष्य दिएको छ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ३४३ रन बनायो। नेपालका लागि देव खनालले सर्वाधिक १२५ रन बनाए भने अर्जुनले १०८ रन बनाए।

देवले ११७ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै १२५ रन बनाए भने ११२ बलमा १२ चौका प्रहार गर्दै १०८ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए।

यस्तै, विशाल विक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दीपक डुम्रेले १६ बलमा २० रन बनाए। कुवेतका हेनरी थोमस र अर्षसाहिल काज्मीले समान २ विकेट लिए।

प्रतियोगितामा दोस्रो खेल खेलिरहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।

Happy
Happy
67 %
Sad
Sad
2 %
Excited
Excited
5 %
Sleepy
Sleepy
2 %
Angry
Angry
0 %
Surprise
Surprise
24 %
Previous post यू–१९ विश्वकप छनोमा देव खनालले बनाए शतक
Next post जावलाखेललाई हराउँदै केपी एफसी सेमिफाइनलमा
Close