°
, June 1, 2023 in

यू–१९ विश्वकप छनोट : चम्किए नेपाली बलर, हङकङ १२० रनमै अलआउट

SHARE:

आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको तेस्रो खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका छन्। युएईमा जारी प्रतियोगिताको तेस्रो खेलको पहिलो इनिङमा नेपालले हङकङलाई १२० रनमै अलआउट गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा १२०मा अलआउट भयो। उसका लागि पर्थ भागवातले सर्वाधिक ३६ रन बनाए भने मोहम्मद जाहिरले २९ र अहान त्रिवेदीले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ९ ओभरमा ३ मेडनसहित ३७ रन खर्चिए। यस्तनै, आकाश चन्द र सुवास भण्डारीले समान २ विकेट लिए। निकै किफायति बलिङ गरेका दीपेशले १० ओभरमा ३ मेडनसहित १७ रन मात्र खर्चेर १ विकेट लिए।

प्रतियोगितामा नेपालले यसअघिका दुवै खेल जितेको थियो।

SHARE: