यू-१९ विश्वकपको एशिया छनोटका लागि नेपाली क्रिकेट टिमको बिदाइ

Read Time:2 Minute

यू-१९ विश्वकपको एशिया छनोट खेल्न यूएई जाने क्रिकेट टिमको बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपमा आयोजना गरिएको कार्यक्रममा राखेप र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले टोलीलाई बिदाई गरेका हुन्।

यू-१९ नेपाली क्रिकेट टिमले यूएईमा २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यु–१९ विश्वकपको एशिया छनोट खेल खेल्नेछ । जसमा नेपालले हङकङ, कुवेत, मलेसिया, सिंगापुर, युएईसँग खेल्नेछ । तीमध्येको विजेता एउटा टिमले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नेछ।

खेल तालिका अनुसार नेपालको पहिलो खेल २४ फेब्रुअरीमा सिंगापुरविरुद्ध रहेको छ। दोस्रो खेलमा २५ तारिखमा कुबेतसॅंग खेल्ने नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ।

तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ। सबै खेलहरु नेपाली समयअनुसार बिहान १०:४५ मा हुनेछ ।

यू-१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले हिजो मात्र देव खनाललाई कप्तान चयन गरेका थिए । यसअघिका कप्तान गुल्सन झा यूएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टू को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको छ ।

नेपाली टिम :

देव खनाल ( कप्तान ) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( क ) , दिपक बोहरा ( ख ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भिनिसियस र बेन्जिमा चम्किँदा लिभरपुलमाथि रियलकाे सानदार जित
Next post गुल्सनको स्थानमा देव खनाल बने यू–१९ टिमको कप्तान
Close