राजधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा मध्यक्रमका ब्याट्सम्यान प्रतीक श्रेष्ठको शानदार प्रदर्शनमा बागमतीले प्रदेश नम्बर १ विरुद्ध बागमतिले ७२ रनको जित निकाल्यो ।
प्रतीकको शतकमा बागमतिले दिएको २७० रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ५ बल बाँकी छँदा अलआउट हुँदै १९७ रन मात्र बनाउन सक्यो । उसका लागि दिपेश कडेलले ४७ र इस्तेन रिजालले ३५ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
बागमतिका लागि सक्रिय कार्कीले ३ तथा ओमकार यादवले २ विकेट लिए ।
पहिला ब्याटिङ गरेको बागमतिले ९ विकेटको क्षतिमा २६९ रन बनायो । उसका लागि प्रतीकले १०५ बल खेल्दै १० चौका र ९ छक्का प्रहार गर्दै १४२ रनको उत्कृष्ट पारी खेले ।
यस्तै, कप्तान अशोक पौडेलले ३९ बल खेल्दै ५ चौकाको मद्दतमा २५ रन बनाउँदा सक्षम बस्ताकोटीले ४४ बल खेल्दै २३ रन बनाए। प्रदेश १ का लागि सोनु अन्सारी, विपिन महतो र दीपेश कँडेलले २र२ विकेट लिए ।
समान दुई खेल खेलेको प्रदेश १ ले पहिलो खेलमा गण्डकी प्रदेशलाई २१ रनले पराजित गरेको थियो । बागमतीले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई ७४ रनले पराजित गरेको थियो ।