अफगानिस्तानविरुद्ध चम्किए आकाश, लिए ५ विकेट

26 Jan, 2024

तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले आकाशको घातक बलिङपछि २१ ओभरको समाप्तिमा ८८ रन बनाउँदा ८ विकेट गुमाएको छ।

आकाशले ७ ओभरमा १८ रन खर्चेर ५ विकेट लिएका छन् गुल्शन झा, तिलक भण्डारी र दीपेश कँडेलले समान १ विकेट लिएका छन्।

नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे । उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो ।

त्यसपछि आकाश चन्दले थप तीन विकेट लिँदै अफगानिस्तानलाई संकटमा पुर्‍याएका छन् । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४–५ को दयनीय अवस्थामा पुर्‍याएका आकाशले २० रन बनाएका हसन इशाखिललाई आउट गर्दै आफ्नो पाँचौं विकेट लिएका हुन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]