एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाली टिमले सानदार सुरुआत गरेको छ। प्यालेस्टाइनमा भइरहेको छनोटमा नेपालले पहिलो खेलमा घरेलु टोलीमाथि ६–०को फराकिलो जित निकाल्यो।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा खेलमा नेपालको जितमा दीपा शाहीले ह्याट्रिकसहित ४ गोल गरिन् भने गरिमा राईले २ गोल गरिन्। पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा ४ गोल गरेको थियो।
२२औं मिनेटमा दिपाले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन्। ३०औं मिनेटमा गरिमाले नेपालको अग्रता दोब्बर बनाइन्।
६८औं मिनेटमा दिपाले गोल गरेपछि नेपालले ३–०को अग्रता लियो । ७५औं मिनेटमा दिपाले ह्याट्रिक ह्याट्रिक पुरा गरिन्। ८१औं मिनेटमा गरिमाले गरेपछि नेपालले खेलमा ४–०को अग्रता लियो।
८५औं मिनेटमा दिपाले व्यक्तिगत चौथो र नेपालका लागि छैठौं गोल गरेपछि नेपालले सहज जित निकाल्यो।
छनोटको समूह बीमा रहेको नेपालले दोस्रो खेल सोमबार नर्दन मारियानासँग सोमबार खेल्नेछ। छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।