°
, June 7, 2023 in

यू–२० महिला साफका लागि प्रारम्भिक टिम छनोट

SHARE:

आसन्न यू–२० महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक नेपाली टिम छनोट गरिएको छ। मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले मंगलबार प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेका हुन्।

प्रारम्भिक टिमा सिरियनर टिमबाट खेलिसकेका प्रिती राई, दिपा शाही र अमिशा कार्की पनि छन्। उनीहरुले गत चैतमा भारतमा भएको साफ यू–१८ महिला च्याम्पियनसिप पनि खेलेका थिए।

यस्तै, साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि विजेता टिमका वर्षा ओली, सेनु परियार, सुजाता तामाङ र सुशीला केसी पनि प्रारम्भिक टिममा परेका छन्।

बंगलादेशमा हुने प्रतियोगिता फेब्रुअरी ३ देखि ९ सम्म हुनेछ। प्रतियोगितामा नेपालसँगै बंगलादेश, भारत र भुटान सहभागी छन्।

सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले फेब्रुअरी ३ मा बंगलादेश, फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग खेल्ने छ। लिगका शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन्।

नेपाली टिम :

गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी, पुजा थापा, सुजाता तामाङ, मिरा राई

डिफेन्डर : रोजिना बस्नेत, अनिशा कुँवर, दिपा पुन, सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, शोभा चौधरी, दिव्या यसमाली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, सुशीला केसी, बिर्सना चौधरी, सुसमा जिटी, सलिना सरु, मन्दिरा राई, कुसुम खतिवडा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मचामसी, सरस्वती हमाल, हिमा रावत, दिपा शाही

स्ट्राइकर : गरिमा राई, अमिशा कार्की, ममता पुन, अन्जली चन्द, वर्षा ओली, सन्दिपा भोलान, सेनु परियार ।

SHARE: