यू-२० महिला साफमा पूर्णिमा र मीनाले गरे ह्याट्रिक, भुटानमाथि नेपालको सानदार जित,

19 Jul, 2025

बंगलादेशमा जारी यू–२० महिल साफ च्याम्पियनसिपमा नेपालले चौथो जित निकालेको छ।

डबल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिता अन्तर्गत शनिबार दिउँसो भएको खेलमा नेपालले भुटानमाथि ८–०को फराकिलो जित निकाल्यो।

भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा नेपाल ६–१ले विजयी भएको थियो।

बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स मैदानमा भएको खेलामा नेपाललाई सानदार जित दिलाउन पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे। अर्को गोल कुसुम खतिवाडाले गर्दा एक गोल आत्मघाती भएको थियो।

नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा २ गोल गरेको थियो। खेलको पहिलो मिनेटमै मीनाको गोलमा नेपालले अग्रता लियो। नवौं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। समिक्षाको प्रहार क्रसबारमा लागेर फर्कंदा गोलकिपरलाई लागेर आत्घाती गोल ग भएको थियो।

१२औं मिनेटमा मीनाले नै नेपाललाई ३–०को अवस्थामा ल्याइन्। २३औं मिनेटमा पूर्णिमाले नेपाललाई ४–०को अग्रता दिलाइन्। त्यसपछि नेपालले पहिलो हाफकै इन्जुरी समयमा थप २ गोल गरेको थियो। इन्जुरी समयमा दुवै गोल पूर्णिमाले गरिन्। र, खेलमा आफ्नो ह्याट्रिक पुरा गरिन्।

पहिलो हाफमा भुटानमाथि पूर्ण रुपमा दबाब बनाएको नेपालले दोस्रो हाफमा भने २ मात्र गोल गरेको थियो। दोस्रो हाफमा भुटानले सुधारिएको खेल प्रदर्शन गरेको थियो।

६३औं मिनेटमा कुसुम खतिवाडाले नेपालका लागि सातौं गोलन गरिन् । ६४औं मिनेटमा मीनाले नेपालका लागि आठौं गोल गर्दै खेलमा आफ्नो ह्‍याट्रिक पनि पूरा गरिन्। त्यसपछि थप गोल नहुँदा नेपाल ८–०ले विजयी भयो।

यो जितपछि नेपाल १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको बंगलादेशको समान १२ अंक नै छ। आजै बंगलादेशले प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंकासँग खेल्ने छ।

नेपालले अब अन्तिम खेलमा सोमबार आयोजक बंगलादेशसँग खेल्नेछ। यो खेल उपाधिका लागि निर्णायक हुनेछ। पहिलो खेलमा बंगलादेशसँग हारेकाले उपाधि जित्ने नेपालले बंगादेशलाई हराउनै पर्नेहुन्छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]