यू–२० महिला साफ च्याम्पियनसिप खेल्न नेपाली महिला फुटबल टिम बंगलादेश प्रस्थान गरेको छ। नेपाली यू–२० महिला टिम बुधबार बंगलादेश प्रस्थान गरेको हो।
नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नै एक कार्यक्रम आयोजना गर्दै बिदाइ गरेको थियो।
फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने यू–२० महिला साफ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भारत र भुटान गरी चार टिमको सहभागीता हुनेछ ।
नेपालले पहिलो खेल घरेलु टोली बंगलादेशबीचसँग फेब्रुअरी ३ मा खेल्नेछ भने फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ।
सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन्।
नेपाली टिमको कप्तानी प्रीति राईले गर्ने छिन भने टिमको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन्।
नेपाली टोली :
गोलकिपर : कविता विक, सावित्री किशन, लिला जोशी
डिफेन्डर : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
स्ट्राइकर : गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द