यू–२३ एसियन कप छनोट खेल्न नेपाली टिम ताजकिस्तान प्रस्थान

आसन्न यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टिम ताजकिस्तान प्रस्थान गरेको छ। नेपाली टिम मंगलबार बिहान एयर दुबईको विमानमार्फत ताजकिस्तान प्रस्थान गरेको हो।

छनोट खेल्न २३ सदस्यीय खेलाडीसहितको टिम ताजकिस्तान प्रस्थान गरेको हो। प्रतियोगिताका लागि प्रशिक्षक बालगोलपाल महर्जनले आइतबारमात्र टिम घोषणा गरेका थिए।

यू–२३ एसियन कप छनोटमा नेपाल समूह बीमा छ । यो समूहमा नेपालसँगै ताजकिस्तान, लेबनान र इरान छन् । छनोट खेल ताजकिस्तानमा अक्टोबर २३ देखि ३१ सम्म हुने छ।

नेपालले इरानसँग खेल्दै यू–२३ एसियन कप छनोटका यात्रा सुरु गर्ने छ । यो खेल अक्टोरब २५ मा हुने छ। यस्तै, नेपालले ताजकिस्तानसँग अक्टोबर २८ र लेबनानसँग अक्टोर ३१मा खेल्ने छ।

छनोटमा समूहको शीर्ष स्थानमा रहने ११ टिम र दोस्रो स्थानमा रहेका उत्कृष्ट चार टिमले यू–२३ एसियन कप खेल्ने छन्। यू–२३ एसियन कप सन २०२२मा उज्वेकिस्तानमा हुनेछ।

नेपाली टिममा अधिकांश खेलाडी सिनियर टिममा प्रतिनिधत्व गरेका खेलाडी छन् । यू–२३ टिममा सिनियर टिमका ११ खेलाडी परेका छन् । जसमध्ये साफ च्याम्पियनसिप खेलका ६ खेलाडी छन्।

साफ खेल्ने खेलाडीमा मनिष डाँगी, आयुष घलान, सुरजजिउ ठकुरी, नितीन थापा, सुमन अर्याल र गौतम श्रेष्ठ छन्। यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेका एरिक विष्ट, अभिषेक रिजाल, दर्शन गुरुङ, अर्पण कार्की र विशाल सुनार पनि टिममा छन्।

नेपाली टिम : अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, राजन गुरुङ, शिब गुरुङ, रन्दिप पौडेल, गौतम श्रेष्ठ, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान,अनिल महर्जन, अविशेक लिम्बु, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, रोशन पहाडी, ऋतिक खड्का, शिशिर लेखी, आकाश बुढामगर, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट