यू–१९ एसिया कपमा नेपालले पहिलो बंगलादशेसँग खेल्ने

यू–१९ एसिया कपमा पहिलो खेल नेपालले बंगलादेशको सामना गर्ने भएकोछ। नेपाल र बंगलादेशबीचको खेल पुस ८ गते हुने छ।

एसिया कपमा नेपाल बंगलादेश, श्रीलंका र कुवेतसँगै समूह बीमा छ। यस्तै, समूह एमा भारत, अफगानिस्तान, पाकिस्तान र यूएई छन्। एका खेल दुबईमा र समूह बीका खेल सारजाहमा हुनेछ।

पुस ८ देखि १६ गतेसम्म चल्ने प्रतियोगिामा नेपालले दोस्रो खेल पुस ११ गते श्रीलंका र अन्तिम खेल पुस १३ मा कुवेतसँग खेल्नेछ।

शीर्ष दुईमा रहनसके नेपालले सेमिफाइनल खेल्नेछ। दुवै सेमिफाइनल पुस १५ मा हुनेछ। फाइनल पुस १६ मा हुनेछ।