८ वर्षपछि विश्वकपमा छनोट भएको नेपाली युवा क्रिकेट टिम आज स्वदेश फर्कंदैछ। यू–१९ क्रिकेट टिम आज साँझ ६ बजे युएईबाट नेपाल आउने कार्यक्रममा छ।
युएईमा भएको यू–१९ विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईविरुद्ध सनसनीपूर्ण जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकपमा छनोट भएको थियो।
१९२ रनको लक्ष्य पछ्याएको युएईलाई अन्तिम ३ ओभरमा ११ रन चाहिएको अवस्थामा ४८औं ओभरको अन्तिम ३ बलमा दीपेश कँडेलले ह्याट्रिक लिएपछि नेपालले अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान सुरक्षित गरेको हो।
यू–१९ विश्वकपको एसिया छनोटका उपाधि जित्ने क्रममा नेपालले सबै ५ खेल जितेको थियो।