एसिया कपका लागि यू-१९ टिमको घोषणा, देव खनाल कप्तान

आसन्न यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कपका लागि बुधबार १५ सदस्यीय टिम घोषणा गरेको हो।

क्यानले कप्तानको जिम्मेवारी देव खानाललाई दिएको छ । देवले भर्खरै सम्पन्न यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशलाई उपाधि दिलाएका थिए। क्यानले शेर मल्ललाई उपकप्तानको जिम्मेवारी दिएको छ।

नेपाली टिमको प्रमुख प्रशिक्षकमा बसन्त शाही छन् भने टिम व्यवस्थापकमा धर्मराज गिरी छन्।

एसिया कपमा नेपाल बंगलादेश, श्रीलंका र कुवेतसँगै समूह बीमा छ। यस्तै, समूह एमा भारत, अफगानिस्तान, पाकिस्तान र यूएई छन्। एका खेल दुबईमा र समूह बीका खेल सारजाहमा हुनेछ।

पुस ८ देखि १६ गतेसम्म चल्ने प्रतियोगिामा नेपालले दोस्रो खेल पुस ११ गते श्रीलंका र अन्तिम खेल पुस १३ मा कुवेतसँग खेल्नेछ। शीर्ष दुईमा रहनसके नेपालले सेमिफाइनल खेल्नेछ। दुवै सेमिफाइनल पुस १५ मा हुनेछ। फाइनल पुस १६ मा हुनेछ।

नेपाली टिमः देव खनाल, शेर मल्ला, दिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रमाश जैसी, अर्जुन साउद र राहुल भण्डारी ।