यू–१९ टिमको बन्द प्रशिक्षणका लागि २० खेलाडी छानिए

यू–टिमको बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडी छनोट गरेको छ । क्यनले आइतबार मात्र सम्पन्न यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २० खेलाडी छनोट गरेको हो।

डिसेम्बरमा अन्त्यमा हुने एसीसी यू–१९ एसिया कपको तयारीका लागि क्यानले यू–१९ टिमको बन्द प्रशिक्षण सुरु गर्न लागेको हो। क्यानले छनोट गरेको २० सदस्यीय टिममा राष्ट्रिष्य टिममा खेलिसकेका गुल्सन झासँगै राष्ट्रिय टिमको क्याम्पमा परेका अर्जुन कुमाल र अनुज चुनारा पनि परेका छन्।

यस्तै, घरेलु प्रतियोगितामा आफूलाई परिचति गराइरकेका विवेक यादव, शेर मल्ल, विपिन शाही, अदील अन्सारी टिममा परेका छन् । नेपाली टिमको बन्द प्रशिक्षणमा बुधबारबाट सुरु हुने छ।

एसिया कपमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, युएई र कुवेतको सहभागिता जनाउनेछन्। प्रतियोगिता युएईमा हुनेछ।

यी छनोट भएका २० खेलाडीः

देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक रानामगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन यादव, कमल परियार, अनुज चुनारा, प्रकाश जैशी, बसन्त कार्की, अर्जुन साउद, शेर मल्ल, राहुल भण्डारी, गुल्शन झा, विपिन शाही, आदील अन्सारी ।