°
, June 4, 2023 in

यू–१९ राष्ट्रिय क्रिकेटमा मधेशको पहिलो जित

SHARE:

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित निकालेको छ। त्रिवि मैदानमा भएको खेलमा उसले गण्डकी प्रदेशमाथि ५ विकेटको जित रच्यो ।

गण्डकीले दिएको २१४ रनको लक्ष्य मधेशले ४८.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका लागि ओपनर मयन मण्डलले सार्वधिक ४९ रन बनाए । उनले ७४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै अर्का ओपनर मेघराज रामले ७१ बलमा ४३ रन बनाए भने भए भने इमरान शेखले २७ रन बनाए । गण्डकीका लागि शिशिर भुषाल, नितेश गिरी, अर्जुन कुमाल र करन पंगेनीले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८.५ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । गण्डकीका ओपनर गोविन्द विकले सर्वाधिक ५३ रन बनाए ।

यस्तै, सुजन गौतमले ३०, करन पंगेनीले २५ र सुदीप अर्यालले २७ र बनाए । बलिङमा मधेशका सायमन रायले सर्वाधिक ३ विकेट लिए । अविजित मण्डल र नितेश यादवले समान २–२ विकेट लिए ।

दुवै प्रतियोगिताबाट बाहिरिसकेका छन्।

SHARE: