यूएईमा जारी आइसिसी यू-१९ विश्वकप छनोटमा नेपालले आज कुवेतविरुद्ध खेल्दैछ ।
नेपाल र कुवेतबीचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ देखि मलेक क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ ।
नेपालले शुक्रबार पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो ।
कुवेतविरुद्ध पनि नेपाल आफ्नो लय कायमै राख्न चाहन्छ । साथै, कुवेतविरुद्ध नेपाललाई बदला लिने मौका पनि छ । २०२१ मा भएको यू–१९ एसिया कपमा कुवेतविरुद्ध नेपाल एक रनले पराजित भएको थियो ।
जारी प्रतियोगितामा कुवेत पहिलो जित निकाल्न चाहन्छ । ऊ पहिलो म्याचमा हङकङविरुद्ध एक विकेटले पराजित भएको थियो ।प्रतियोगितामा नेपाल र कुवेतसहित हङकङ, मलेसिया, सिंगापुर र यूएईले प्रतिस्पर्धा गर्दैछन् ।
तालिकाको शीर्ष स्थानमा रहने टोलीले २०२४ को यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपालले प्रतियोगितामा तेस्रो खेल १६ फागुनमा खेल्ने तालिका छ ।