°
, June 1, 2023 in

विश्वकप छनोटका लागि यू–१९ टिमको घोषणा, राष्ट्रिय टिमका गुल्सन र देव पनि परे

SHARE:

यू–१९ विश्वकपको एसियन छनोट का लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमको घोषणा गरेको छ।

मुख्य प्रशिक्षक जगत टमाटाले केही साताको बन्द प्रशिक्षणपछि १४ सदस्यी टिम छनोट गरेका हुन्।

यूएईमा हुने छनोट प्रतियोगिताका लागि घोषणा गरिएको टिममा अनुवभी खेलाडीहरु गुल्सन झा र देव खनाललाई पनि समेटिएको छ। यी दुवै नेपाली राष्ट्रिय टिमका नियमित सदस्य हुन्।

यस्तै, नेपाली घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका बलर दुर्गेश गुप्ताले पनि टिममा स्थान बनाएका छन्। उनले अघिल्लो महिना भएको नेपाल टि–२० लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस्तै, टिममा गुल्सन, देव र दुर्गेससँगै आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दीपक बोहरा, गुल्सन झा, उत्तम थापामगर, सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी, दीपेश कँडेल र मिलन बोहरा पनि छन्।

क्यानले ४ जना खेलाडीलाई रिजर्भमा राखेको छ। जसमा प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव छन्।

युईमा हुने छनोटमा आयोजक युएई, नेपाल, कुवेत, मलेसिया, सिंगापुर र हङकङ छन्।

SHARE: