राष्ट्रिय टिमका ६ खेलाडी समेट्दै यू १९ महिला टिमको घोषणा

यू १९ महिला साफा च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा गरिएको छ। बंगलादेशमा आयोजना हुने प्रतियोगिताका अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार २३ सदस्यीय टिम घोषणा गरेको हो।

मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले घोषणा गरेको यू१९ टिममा सियिनर टिमका ६ खेलाडी समावेश गरेको छ। जसमा अन्जना रानामगर, विमला विक, सविता रानामगर, प्रिती राई, रश्मिकुमारी घिसिङ र रजनी थोकर हुन्।

यू–१९ साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ सम्म बंगलादेशकोढाकामा आयोजना हुनेछ। प्रतियोगितामा ५ टिमले सहभागिता जनाउने छन्। आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिने छन्।

राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक बंगालदेशविरुद्ध ११ डिसेम्बरमा खेल्नेछ। नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध १५ तथा तेस्रो खेलमा भुटानविरुद्ध १७ डिसेम्बरमा खेल्नेछ। लिगको अन्तिम खेलमा नेपालले भारतविरुद्ध १९ डिसेम्बरमा खेल्ने छ।

नेपाली टिम ः अन्जना रानामगर, अन्किता राई, सावित्री किसन, मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ, सुष्मा तामाङ, हिमा रावत, दिपा शाही, सविता रानामगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीति राई, अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा ।