आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता स्थागित हुन सक्ने भएको छ । कोरोना भाईरसको महामारी कायम रहेपछि विश्वकप स्थगित हुने सम्भावना बढेको हो । बंगलादेशमा आगामी जनवरीका लागि तय भएको यू–१९ महिला विश्वकप कोरोना महामारीका कारण स्थगित हुने सम्भावना भएको हो ।
बंगलादेशमा अहिले पनि कोरानो संक्रमण उस्तै रहेकाले यू–१९ महिला विश्वकप स्थागित गर्ने विषयमा आईसिसीमा छलफल भइरहेको बताइएको छ । कोरोना महामारीकै कारण बंगलादेश क्रिकेट बोर्डले केही दिन अघि बंगलादेश प्रिमियर लिग (बिपिएल) रद्द गरेको थियो ।
आईसीसीले प्रतियोगिता स्थगित गर्नेबारे निर्णय आगामी नोभेम्बरमा गर्ने बताइएको छ । कोरोनाकै कारण २०२० मा तय भएको पुरुषको टि–२० विश्वकप, २०२१ मा तय भएको महिलाको एकदिवसीय विश्वकप स्थगित भइसकेको छ । स्थगित प्रतियोगिता २०२२ मा आयोजना गरिने छ ।