बैंककमा लाओसका बक्सरमाथि नेपाली बक्सर इन्द्रको सानदार जित

Read Time:1 Minute

थाइल्यान्डको राजधानी बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर इन्द्रबहादुर सुनार विजयी भएका छन्। पुरुष ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका इन्द्रले लोओसका खेलाडी सोक्साखुनलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरे।

आजैबाट सुरु भएको प्रतियोगितामा इन्द्रले सोक्साखुनलाई ५ः० अंकले हराए। यो जितसँगै सुनार क्वाटरफाइनल प्रवेश गरेकाछन्। क्वार्टरफाइनलमा उनले मंगोलियाका गन्तुमार लुन्डासँग खेल्नेछन्।

यही प्रतियोगिामा नेपालका विजय बाटा (८६ केजी) र त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा पुग्दै कम्तिमा कास्य पदक सुरक्षित गरेका छन्। उनीहरु दुवै बाइ पाउँदै सेमिफाइनल पुगेका हुन्।

सेमिफाइनलमा विजयले इन्डोसियाका मोसकिता माइकल र त्रिशाले काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग प्रतस्पिर्धा गर्नेछन्।

यस्तै, बिहबिार महिला ४८ केजी तौल समूहमा सुस्मा तामाङले भियतनामकी क्यून हानसँग र महिला ५७ केजी तौल समूहमा हेमा राईले सिंगापुरकी चाउ जी मिन बेर्नेससँग खेल्नेछिन्।

पुरुषतर्फ ४८ केजी तौल समूहमा लालप्रसाद उप्रेतीले फिलिपिन्सका दुरेन्टमार्क लेफ्चरसँग सोमबार प्रतिस्पर्धा गर्नेछन्।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post गिल बने दाेहाेराे शतक बनाउने पाँचौं भारतीय खेलाडी
Next post भेट्रान ब्याडमिन्टनको उपाधि विधान र पविनको जोडीलाई
Close