यू–२० महिला साफमा भुटानसँग भिड्दै नेपाल

Read Time:1 Minute

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दै छ। बीएसएसएस मोस्ताफा कमल स्टेडियमा ढाकामा आज दिउँसो २ः४५ मा हुने खेलमा नेपालले भुटानसँग खेल्दैछ ।

दुवै टिमले पहिलो खेलमा हारेका नेपाल र भुटान दुवै पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा पराजित भएका दुवै टोली आज सुखद नतिजाको लक्ष्यमा छन्।

उद्घटान खेलमा भुटान भारतसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो भने नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना कायम राख्ने हो भने नेपालले आजको खेल जित्नैपर्नेछ । अझै फराकिलो अन्तरले जित्नुपर्नेछ । राउण्ड रोविन लिगमा शीर्ष दुई टिम मात्र फाइनल पुग्नेछन् र नेपालले लिगको अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।

आजै बेलुका पौने ७ बजे बंगलादेश र भारतबीत खेल हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फेब्रुअरी ५ अर्थात् रोनाल्डो र नेमारको जन्मदिन
Next post भारतले भन्यो– पाकिस्तानमा एसिया कप हुन्छ भने हामी खेल्दैनौं
Close