सिनियर टिमका महत्वपूर्ण सदस्य प्रीति राईको कप्तानीमा यू–२० महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा गरिएको छ। करिब १ महिना लामो बन्द प्रशिक्षणपछि मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले सोमबार २३ सदस्यीय छनोट गरेका हुन्।
बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडी सहभागी थिए। गुरुङले कप्तानीको जिम्मेवारी अनुभवी प्रीति राईलाई दिएका छन्। बन्द प्रशिक्षणबाट पुजा थापा, सुजाता तामाङ, शोभा क्षेत्री, गंगा रोकाया, सुष्मा जीटी, जेनिफर राणा, हीमा रावत र सदिपा भोलान बाहिरिए।
यू–२० महिला साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ।
नेपाली टिम
गोलकिपर : कविता विक, सावित्री किसान र लिला जोशी
डिफेन्डर : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ
मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा,सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई ९कप्तान०, अञ्जली मचामसी, सरस्वती हमाल र दीपा शाही
फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन र अञ्जली चन्द