°
, June 2, 2023 in

यू–२० महिला एसियन कप छनोटका लागि प्रारम्भिक टिम घोषणा

SHARE:

एफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टिमको प्रारम्भिक घोषणा गरिएको छ। मुख्यप्रशिक्षक याम गुरुङले पहिलो चरणमा ३२ खेलाडीको नाम घोषणा गरेका हुन्।

गुरुङले पहिलो चरणको छनोट खेलेकै टोलीका अधिकांश खेलाडीलाई समेटेका छन्। राष्ट्रिय टोलीका नियिमत सदस्यहरु प्रिती राई, दीपा शाही र अमिसा कार्की पनि टिममा छन् । यस्तै बंगलादेशमा साफ यू–१७ महिला च्याम्पियनसिप खेलिरहेका टिमका अधिकांश सदस्यलाई पनि गुरुङले प्रारम्भिक टिममा रोखका छन्।

एसियन कप छनोटको तयारीका लािग अप्रिल ४ बाट बन्द प्रशिक्षण सुरु हुनेछ।

एसियन कपको दोस्रो चरणको छनोटजुन ३ देखि ११ सम्म हुनेछ। नेपाल रहेको समूह बीमा चीन, म्यानमार र चाएनिज ताइपेइ छन्। समूहमा शीर्ष २मा रहने सके नेपालले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्ने छ।

नेपाल पहिलो चरणको समूह विजेता बन्दै दोस्रो चरणमा छनोट भएको हो । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनवटमा नेपालले घरेलु टोली र नर्दन मारियाना आइसल्यान्डमालाई समान ६(० ले पराजित गरेको थियो ।

प्रारम्भिक टोली : कविता विक, सुजाता तामाङ, लिला जोशी, साबित्री किसन, पूजा थापा (गोलकिपर), सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलान, दिव्य यामसाली मगर, प्रतीक्षा चौधरी, गंगा रोकाय, कुमारी तामाङ (डिफेन्डर), तुलसा बोहरा, सुस्मा जिटी, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मचामसी, सरस्वती हमाल, हिमा रावत, मनिसा सेन, दीपा शाही, बिर्सना चौधरी (मिडिफलिडर), गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोला, सेनु परियार, वर्षा वली (स्ट्राइकर) ।

SHARE: