°
, June 2, 2023 in

यू–२० महिला साफमा बंगलादेशसँग हार्‍यो नेपाल, भुटानको पोस्टमा भारतको दर्जन गोल

SHARE:

नेपाली महिला फुटबल टिम यू–२० महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ। शुक्रबार साँझ बंगलादेशको ढाकामा भएको खेलमा नेपाल अयोाजक बंगलादेशसँग ३–१ले पारजित भएको हो।

बंगलादेशलाई जित दिलाउन मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गर्दा नेपाकाल लागि मनमाया दमाइले गोल गरिन्।

नेपालविरुद्ध बंगलादेशले तेस्रो मिनेटमै अग्रता लिएको थियो । उसका अक्लिमा खातुनले गोल गरेकी थिइन्। १३औं मिनेटमा शम्सुनाहरले गोल गर्दै बंगलादेशलाई २–०को अग्रता िदलाइन् । २४औं मिनेटमा मनमायाले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर, दोस्रो हाफको इन्जुरी समयमा रिपाले गोल गरेपछि बंगलादेश ३–१ले विजयी भयो।

यस्तै, शुक्रबार नै भएको पहिलो खेलमा भारतले भुटानमाथि गोलको वर्षा गरेको छ। भारतले भुटानमाथि १२–०को फराकिलो जित निकाल्यो। भारतको जितमा अनिता, लिन्डा र नेहाले ह्याट्रिक गरिन् भने अपूर्णले २ र नितुले १ गोल गरिन्।

नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान सहभगाी प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा हुने छ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ।

SHARE: