यू–२० महिला साफ फाइनल : उच्च मनोबलसहित बंगलादेशसँग भिड्दै नेपाली टिम, जित्ला त उपाधि ?

Read Time:2 Minute

यू–२० महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ।

लिगको अन्तिम खेलमा भारतलाई हराउँदै फाइनल पुगेको नेपाली टिम बंगलादेशविरुद्ध मैदान उत्रँदा उच्च मनोबलका साथ हुनेछ । त्यही उत्साहलाई जितमा बल्दै उपाधि जित्ने दाउमा नेपाल छ ।

पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेल हारे पनि त्यसपछि प्रदर्शनमा सुधार गर्दै नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

साविक विजेता तथा बलियो टोली भारत विरुद्ध एक गोलले पछि परेपनि ३–१ को शानदार पुनरागमन जित निकालेको नेपाली टोली अहिले लयमा छ।

प्रि–म्याच कन्फरेन्समा नेपालका प्रशिक्षक यम गुरुङले बंगलादेशलाई घरेलु मैदानको फाइदा हुने बताए । तर त्यसका बाबजुद नेपाल कडा चुनौतीका लागि तयार रहेको उनले उल्लेख गरे ।

बंगलादेशका प्रशिक्षक गोलाम रब्बानीले प्रतिस्पर्धात्मक फाइनलको अपेक्षा गरेका छन् । नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँगै ३–१ गोलको हार व्यहोरेको थियो । नेपाललाई त्यो हारको बदला निले अवसर पनि छ।

बंगलादेश भने जारी प्रतियोगितामा अपराजित छ। भारतसँग गोलरहित बराबरी खेलेको बंगलादेशले भुटानलाई ५–० ले हराएको थियो । उसको उद्देश्य सोही लयलाई निरन्तरता दिने हुनेछ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसी र नेमारले जोगाउन सकेनन् पिएसजीको हार, मार्सेलीसँग २–१ले पराजित
Next post लिगका लागि हिमालयन शेर्पाले भित्र्यायाे सुशील र सुरेश
Close