बंगलादेशको ढाकामा जारी यू–२० महिला साफ च्याम्पियनसिपमा नेपालले आज लिगको अन्तिम खेल खेल्दै छ। चार टिमसहभागी प्रतियोगिताको अन्तिम खेलमा नेपालले बलियो भारतसँग खेल्दै छ।
ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा दिउँसो पौने तीन बजे भारतसँग खेल्न मैदान उत्रँदा नेपाली टिम दबाबमा हुनेछ । किन भने फाइनलमा स्थान बनाउन बलियो भारतलाई हराउनै पर्ने दबाबमा नेपाल छ। यता, फाइनल पुग्न भारतलाई भने बराबरी नै काफी छ।
भारतसँग बराबरी खेले पनि नेपाल फाइलन पुग्ने सम्भावना भने रहन्छ । त्यसका अर्को खेलमा भुटानले बंगलादेशलाई रहाउनु पर्ने छ। तर, त्यो सम्भावना लगभग असम्भव जस्तै छ।
प्रतियोगितामा नेपालले पहिलोल आयोजक बंगलादेशसँग ३–१ले गुमाएको थियो भने दोस्रो खेलमा भुटानलाई ४–१ले हराएको थियो। यता, भारतले पहिलो खेलमा भुटानमाथि १२–०को फराकिलो जित निकालेको थियो भने आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।
प्रतियोगितामा भारत ४ अंकसहित शीर्ष स्थानमा छ भने ४ अंक नै जोडेको बंगलादेश दोस्रो ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ।
नेपालका प्रशिक्षक याम गुरुङले भारत बलियो टिम भएको तर तयारी राम्रो गरेको बताएका छन्। उनले भने– ‘हामी सबैलाई थाहा छ भारत बलियो टिम हो । तर, हामी खेलका लागि तयार भएर आएका छौं।’
भारतीय टिमका प्रशिक्षक मायमोल रकीले नेपालको विरुद्धको खेल जित्नमा केन्द्रित हुने बताएका छन् । मायमोलले खेल जित्नका लागि गोल गर्नुपर्ने बताइन् र अट्याकिङ थर्डमा ध्यान दिन सक्ने जित्ने विश्वास व्यक्त गरेका छन्।