
नेपाली भलिबल टिम बंगलादेशसँग पराजित
Read Time:1 Minute
यू–२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय भलिबल च्याम्पियनसिप नेपाली पुरुष टिम पहिलो खेलमै पराजित भएको छ। बिहीबार बंगलादेशको ढाकामा भएको खेलमा नेपाली टिम आयोजक बंगलादेशसँग ३–०को सोझो सेटमा पराजित भएको हो।
पहिलो सेट २६–२४ ले गुमाएको नेपाल दोस्रो सेटमा २५–२२ र अन्तिम सेटमा २५–२१ले पराजित हुन पुग्यो।
चार टिम सहभागी प्रतियोगितामा नेपालले शुक्रबार श्रीलंका र शनिबार किर्गिस्तानसँग खेल्नेछ। लिग चरणपछि पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमबीच सेमिफाइनल खेल हुनेछ।
बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप पुस ११ सम्म चल्नेछ ।