
सेन्ट्रल एसियाली जोन भलिबलमा नेपालले हार्यो लिगका सबै खेल, फाइनल प्रवेशका लागि भोलि खेल्ने
Read Time:1 Minute
बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लिगका सबै खेलमा पराजित भएको छ। शनिबार भएको लिगको अन्तिम खेलमा नेपाल किर्गिस्तानसँग ३–२को सेटमा पराजित भयो।
पहिलो सेट किर्गिस्तानले २५–१६ ले जितेको थियो भने दोस्रो सेट नेपालले २५–२३ ले जित्यो । तेस्रो सेट किर्गिस्तानले २५–१७ ले जित्दा चौंथो सेट नेपालले २५–१९ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको छ। अन्तिम सेटमा नेपाल किर्गिस्तानसँग १५–६ ले पराजित भयो।
यसअघि नेपाल आयोजक बंगलादेश र श्रीलंकासँग समान ३–०को सेटमा पराजित भएको थियो।
लिगका सबै खेलमा पराजित भएपनि नेपालले फाइनल प्रवेशको अर्को मौका भने पाउने छ। आइतबार हुने फाइनलमा नेपालले लिगको शीर्ष टिम बंगलादेश वा श्रीलंकासँग खेल्ने छ।