
सेन्ट्रल एसियाली जोन भलिबल : नेपाल गुमायो फाइनल पुग्ने अन्तिम अवसर
Read Time:1 Minute
बंगलादेशमा जारी यू–२३ सेन्ट्रल एसियाली जोन भलिबल च्याम्पियनसिपमा नेपाली टिमले फाइनल पुग्ने अवसर गुमाएको छ। आइतबार भएको सेमिफाइनल खेलमा नेपाली टिम आयोजक बंगलादेशसँग ३–०को सोझो सेटमा पराजित भयो।
प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो । यसअघि नेपाल लिगमा तीन वटै खेलमा पराजित भएको थियो। ४ टिम मात्र सहभागी प्रतियोगिताको लिगमा अन्तिम भएपनि नेपालले सेमिफाइनल खेल्ने पाएको थियो।
आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग २५–१५, २५–२२ र २५–१३ सोझो सेटमा पराजित भयो। अब नेपालले सोमाबार तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्ने छ।
प्रतियोगिताको उपाधिका लागि सोमबार नै बंगलादेशले कीर्गिस्तानको सामाना गर्ने छ। कीर्गिस्तान श्रीलंकालाई हराउँदै फाइनल पुगेको हो।