टेस्ट राष्ट्र आयरल्यान्ड र युएई आईसिसी टि–२० विश्वकपकपको ग्लोबल छनोटको समूह एको समूह २ बाट सेमिफइनलमा पुगेका छन्। समूह २को अन्तिम खेलमा आयरल्यान्डले जर्मनीमाथि ७ विकेटको जित निकाल्यो भने युएई अन्तिम खेलमा बहराइनसँग झिनो अन्तरले पराजित भएपनि दोस्रो हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
समूह २ मा आयरल्यान्ड, युएई र बहराइनले समान २ खेल जित्दै ४ अंक जोडे । यसमा आयरल्यान्ड रनरेटमा शीर्ष स्थानमा हर्यो भने युएई दोस्रो भयो । यता, युएईलाई २ रनले पराजित गरेपनि बहराइन रनरेटमा पछि पर्दै सेमिफाइनलमा पुग्न असफल भयो ।
सेमिफाइलनमा आयरल्यान्ड समूह १ को उपविजेता तथा युएई विजेतासँग खेल्ने छ।