सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिजको तेस्रो खेलमा युएईविरुद्ध नेपालले पहिलो सफलता हार पारेको छ। दुबई क्रिकेट रंगशालामा टस जितेर बलिङ गरिरहेको नेपाललाई कप्तान सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका हुन्।

सन्दीपले १६औं ओभरको अन्तिम बलमा ओपनर मोहम्मद वासिमलाई एलबिडब्लु आउट गरे । वासिमले ५७ बलमा ३३ रन बनाए । ताजा अवस्थामा युएई १७ ओभरमा १ विकेटको क्षतिमा ५७ रन बनाएर खेलिरहेको छ।

घरेलु टोली युएईविरुद्ध नेपाली प्रशिक्षक पुबुदु दासानायकले टिममा तीन परिवर्तन गरेका छन् । उनले विकेटकिपर विनोद भण्डारी, अलराउन्डर पवन सर्राफ र फास्ट बलर विक्रम सोबलाई टिममा राखेका छन्।

यस्तै, युएईविरुद्धको अघिल्लो खेलमा खेलेका ओपनर आसिफ शेख, फास्टबलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राखिएको छ।

तीन परिवर्तनसँगै नेपालको ओपनिङमा पनि परिवर्तन हुनेछ। सम्भवतः नेपाली इनिङको ओपनिङ कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ले गर्नेछन् । अथवा, ज्ञानेन्द्रको सट्टा पवन सर्राफ पनि ओपनिङकमा आउन सक्ने छन्।

नेपालको प्लेइङ ११ः कप्तान सन्दीप लामिछाने, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, पवन सर्राफ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, विक्रम सोब र सोमपाल कामी ।