°
, June 7, 2023 in

वृत्य र वासिमाको शतकमा युएईले सिंगापुरलाई दिए ४७२ रनको कीर्तिमानी लक्ष्य

SHARE:

एसिसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको कीर्तिमानी लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो।

यो कीर्तिपुर मैदानमा ५० ओभरमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि यहि प्रतियोगितामा कुवेतसँगको खेलमा यूएईले ३७१ रन बनाएको थियो।

यस्तै, लिस्ट एको पाँचौं सर्वाधिक ठूलो स्कोर हो।

यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरेको थिए ।

१७४ रन बनाएका अरबिन्दले १३३ बलमा १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए । उनले ९ चौका र १६ छक्का हाने । आयान अफजल खानले ५० बलमा ७४ रन बनाए ।

बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे। त्यस्तै विनोथ भास्करनले दुई विकेट लिदाँ मनप्रित सिंहले एक विकेट लिए।

SHARE: