°
, June 4, 2023 in

आयरल्यान्डलाई हराउँदै युएईले जित्यो ग्लोबल छनोटको उपाधि

SHARE:

टि–२० विश्वकपको ग्लोबल छनोटको समूह एको उपाधि युएईले जितेको छ। बिहीबार ओमानस्थित अलमेरात क्रिकेट मैदानमा भएको खेलमा टेस्टा राष्ट्र आयरल्यान्डलाई ७ विकेटले हराउँदै युएईले ग्लोबल छनोटको समूह एको उपाधि जितेको हो।

फाइलन पुगेका युएई र आयरल्यान्ड दुवै अस्ट्रेलियामा हुने विश्वकपका लागि छानिएका छन् । नेपाल भने सेमिफाइनलमा युएईसँग पराजित हुँदै विश्वकपमा पग्न असफल भएको थियो।

आयरल्यान्डले दिएको १६० रनको लक्ष्य युएईले १८.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर मुहम्मद वासिमले शतकीय इनिङ्स खेले । वासिमले वसिमले ६६ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ११२ रन बनाए ।

उस्तै, रोहन मुस्तफा ३७ रनमा अविजित रहे । आयरल्यान्डका जोश लिटलले २ तथा एन्डी म्याकब्रिनले एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरमा अलआउट हुँदै १५९ रन बनाएको थियो । उसका ह्यारी टेक्टरले सर्वाधिक ५० रन बनाए । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, शेन गेटकाटेले ३० रन बनाउँदा लोर्कन टुकर र मार्क अदाइरले समान २० रन बनाए । युएईका लागि जाहुर खान र रोहन मुस्तफाले समान तीन–तीन विकेट हात पारे ।

प्रतियोगितामा कुल २६७ रन बनाएका युएईका युवा ब्याट्सम्यान भृत्या अरविन्द प्लेयर अफ दी सिरिज भए।

SHARE: