दुई गोलको अग्रता जोगाउन नसक्दा रोकियो युभेन्टस

इटालियन जाइन्ट युभेन्टसले सिरि एमा निराशाजनक सुरुआत गरेको छ। लिगको पहिलो खेलमा सुरुआतमै लिएको २ गोलका अग्रता जोगाउन नसक्दा युभेन्टस उडिनेससँग निराशाजनकरुपमा २–२ को बराबरीमा रोकियो।

खेलमा युभेन्टसका लागि पाउलो डिबाला र जुआन क्वाडराडोले गोल गरे भने उडिनेसका रोबेर्टो पेरोर्या र जेरार्ड डेउलोफेउलो गोल गरे ।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चे राखेको युभेन्टसले खेलको तेस्रो मिनेटमै अग्रता लियो । रोड्रिगो बेन्टानकुरको पासमा गोल गर्दै पाउलो डिबालाले युभेन्टसलाई अग्रता दिलाए।

२३औं मिनेटम क्वाडराडोलो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । उनले डिबालाको पासमा गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।

५०औं मिनेटमा पेरेर्यााले पेनाल्टीमा गोल गर्दै खेललाई २–१को अवस्थामा ल्याए। युभेन्टसकार किपर सेजेनीले उडिनेसका खेलाडीलाई डिबक्सका लडाएपछि उसले पेनाल्टी पाएको थियो। ८३औं मिनेटमा डेउलोफेउले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

युभेन्टसले लिगको सुरुआती खेलमा २ गोल बेहोरोको यो इतिहासमै तेस्रो पटक हो। यसअघि सन् १९९८मा पेरुगिया र सन् २०१८मा चिइभोसँग युभेन्टसले लिगको पहिलो खेलमा २ गोल खाएको थियो।