युइएफए अवार्डः को-को बने युरोपका उत्कृष्ट खेलाडी र प्रशिक्षक?

युरोपका फुटबल संघहरुको छाता संगठन युइएफएले वर्षका सर्वोत्कृष्ट खेलाडीसहित विभिन्न पोजिसनमा खेल्ने खेलाडी तथा प्रशिक्षकलाई अवार्ड प्रदान गरेको छ। गत सिजन युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई युइएफएले अवार्ड दिएको हो।

कसले कुन अवार्ड जिते?

अवार्डविजेताटिम
युइएफए प्लेयर अफ द इयर (पुरूष)जाेर्जिन्होचेल्सी/इटाली
युइएफए प्लेयर अफ द इयर (महिला)एलेक्सिया प्युटेलासबार्सिलोना
युइएफए कोच अफ द इयर (पुरूष टिम)थोमस टुचेलचेल्सी
युइएफए कोच अफ द इयर (महिला टिम)लुइस कोर्टेसबार्सिलोना
च्याम्पियन्स लिग प्लेयर अफ द सिजन (पुरूष)
गोलकिपर अफ द सिजनएडोवार्ड मेन्डीचेल्सी
डिफेन्डर अफ द सिजनरूबेन डियासम्यानचेस्टर सिटी
मिडफिल्डर अफ द सिजनएन्गोलो कान्टेचेल्सी
फरवार्ड अफ द सिजनएर्लिङ हालान्डडर्टमन्ड
च्याम्पियन्स लिग प्लेयर अफ द सिजन (महिला)
गोलकिपर अफ द सिजनसान्द्रा पेनोसबार्सिलोना
डिफेन्डर अफ द सिजनआइरिन परेडेजबार्सिलोना
मिडफिल्डर अफ द सिजनएलेक्सिया प्युटेलासबार्सिलोना
फरवार्ड अफ द सिजनजेनिफर हर्नोसोबार्सिलोना

कसरी छानिन्छन् उत्कृष्ट खेलाडी?

युइएफएमा आबद्ध युरोपका व्यावसायीक फुटबल लिग खेल्ने खेलाडीहरु युइएफए अवार्डका लागि योग्य हुन्छन्। युइएफए प्लेयर अफ द इयर अवार्ड बाहेक अन्य पोजिसनल अवार्डका लागि जुनसुकै देशको नागरिक भएपनि युरोपमा व्यावसायीक फुटबल खेलिरहेको खेलाडीले क्लबका लागि सिजनभर गरेको प्रदर्शनलाई आधार मानेर उत्कृष्ट खेलाडीको सर्टलिस्ट तयार गरिन्छ।

युइएफए प्लेयर अफ द इयर अवार्ड लागि भने क्लब फुटबलका साथै राष्ट्रिय टिमबाट गरेको प्रदर्शनलाई पनि आधार मानिन्छ।

यसपटक उत्कृष्ट खेलाडी छनोट गर्ने निर्णायक मण्डलमा निम्न व्यक्तिहरु सम्मिलित थिएः

युरोकप २०२० खेलेका २४ देशका प्रशिक्षकहरु (प्लेयर अफ द इयर अवार्डका लागि मात्र)

२०२०/२१ को च्याम्पियन्स लिग (३२) तथा युरोपा लिग (४८) को समूह चरणमा सहभागी टिमका ८० जना प्रशिक्षकहरु

युरोपियन स्पोर्ट्स मिडियाले छनोट गरेका ५५ जना पत्रकारहरु, युइएएफका हरेक सदस्य संघबाट एक जना

यसरी तयार भएको निर्णायक मण्डलले आफुलाई पछिल्लो सिजन उत्कृष्ट लागेका ३ जना खेलाडीको सूची तयार गर्दछ। सूचीको एक नम्बरमा रहने खेलाडीले ५ अंक प्राप्त गर्दछ भने दोस्रो र तेस्रो स्थानमा रहेको खेलाडीले क्रमशः ३ र १ अंक प्राप्त गर्दछ। प्रशिक्षकहरुले आफ्नै टिमको खेलाडीलाई भोट दिन भने पाउँदैनन्।