युईएफए अवार्डको नोमिनेसन सार्वजनिक, परेनन् मेसी, राेनाल्डो र नेमार

सन् २०२०/२१को युईएफए अवार्डका लागि युरोपियन फुटबल एसोसिएसनले उत्कृष्ट तीनको नोमिनेसन सार्वजनिक गरेको छ। युईएफएले शुक्रबार सर्वाजनिक गरेको उत्कृष्ट तीनको नोमिनेसनमा वर्तमान फुटबलका तीन हस्ति फुटबलर लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेमार अटाउन सकेनन्।

यी तीनै खेलाडी युईएफ अवार्डको नोमिनेशनमा नपरेको एक दशक यता पहिलो पटक हो। यी तीनै खेलाडीको टिमले अघिल्लो सिजन घरेलु लिग र च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

अवार्डको मनोनयनमा अधिकांश चेल्सी र म्याचेस्टर सिटीका खेलाडीका अधिकांश खेलाडी परेका छन्। जसमा च्याम्पियन्स लिग विजेता चेल्सीमा ५ खेलाडी परेका छन् भने सिटीमा ३ खेलाडी छन्। यस्तै रियल मड्रिड, बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड र पिएसजीका एक–एक खेलाडी परेका छन्।

युईएफले शुक्रबार सर्वाजनिक गरेको मनोनयमा उत्कृष्ट स्ट्राइकरको मनोनयनमा पिएसजीका किलियन एम्बाप्पे, बार्यन म्युनिखका रोबर्ट लोवान्डोस्की र बोरुसिया टर्डमन्डका अर्लिङ हलान्ड परेका छन्।

यसैसरी उत्कृष्ट मिडफिल्डरका लागि इंग्लिस प्रियिमर लिग च्याम्पियन्स म्यान्चेस्टर सिटीका केभिन डे ब्रुयनलाई च्याम्पियन्स लिग विजेता चेल्सीका जर्गिन्हो र एनगोलो कोन्टेले चुनौति दिनेछन्। यस्तै, उत्कृष्ट डिफेन्डरमा सिटीकै रुबेन डियासलाई चेल्सीकै सेसर एप्लिक्वेटा र एन्टोनियो रुडिगुरले चुनौति दिनेछन्।

यसैगरी युईएफएको उत्कृष्ट गोलकिपर बन्न सिटीका इडर्सन र चेल्सीका इडवार्ड मेन्डी र रियल मड्रिड थिवाउट कोर्टुवाबीच भीडन्त हुनेछ। कोर्टुवा युईएफए अवार्डका लागि नोमिनेसनमा परेका एक्ला ला लिगाका खेलाडी हुन्।