°
, June 4, 2023 in
0

युईएफको प्लेयर अफ दी इयरमा रोनाल्डो र मेसी परेनन्, डी ब्रुयन, लेवान्डोस्की र नोयरबीच पतिस्पर्धा

SHARE:

यूईएफए प्लेयर अफ दि इयर मनोनयन सार्वजनिक भएको छ । युईएफएले बुधबार सर्वाजनिक गरेको मनोनयनमा एक दशकपछि क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी अटाउन सकेनन् ।

च्याम्पियन्स लिग फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न असफल भएपछि रोनाल्डो र मेसी प्लेयर अफ दि इयरमा मनोनयनमा पर्न असफल भए । च्याम्पियन्स लिगमा युभेन्ट्सले अन्तिम १६ र बार्सिलोना क्वार्टरफाइलनबाटै बाहिरिएको थियो ।

एक दशक अगाडि सुरु भएको यो अवार्ड रोनाल्डो र मेसी पहिलो पटक मनोनयनमा पर्न असफल भएका हुन् । युईएफए प्लेयर अफ दी इयर रोनाल्डोले सर्वाधिक ३ र मेसीले २ पटक जितेका छन् ।

यूईएफएले सार्वजनिक गरेको उत्कृष्ट तीनको मनोनयनमा म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र मानुएल नोयर परेका छन् । बायर्नलाई च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा लेवान्डोस्की र नोयरले उत्कृष्ट प्रलदर्शन गरेका थिए । यस्तै, सिटी क्वार्टरफाइलनबाटै बाहिरिएपनि डे ब्रुएनले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

महिलाको प्लेयर अफ दि इयर अवार्डका लागि ओलम्पिक लुसी ब्रोन्ज, पेर्निल हार्डेर र वेन्डी रिनार्ड परेकी छिन् । यस्तै, कोच अफ दि इयर अवार्डका लागि पुरुषतर्फ बायर्नका हान्स डिटर, लिभरपुलका योर्गेन क्लोप र लाइपजिगका जुलियन नेगलसम्यान मनोनयनमा परेका छन् ।

महिला प्रशिक्षकतर्फतर्फ बार्सिलोनाका लुइस कोर्टिस, उल्फवर्गका स्टेपहान लेर्च र ओलम्पिक लियोनेसका जिन लुक मनोनयनमा परेका छन् । अवार्ड आगामी अक्टोबर १ मा प्रदान गरिनेछ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *