°
, May 29, 2023 in
0

इटाली र बेल्जियम नेसन्स लिगको फाइनल्समा

SHARE:

इटाली र बेल्जियम युईएफए नेसन्स लिगको फाइनल्समा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा इटाली बोस्निया एण्ड हर्जगोबिनालाई २–०ले हराउँदै तथा बेल्जियम डेनमार्कलाई ४–२ ले हराउँदै लिगको फाइनल्समा प्रवेश गरेका हुन् ।

समूह चरणको अन्तिम खेलमा बुधबार राति इटालीलाई जित दिलाउन आन्द्रे बेलोट्टी र डोमिनिको बेरार्डीले एक–एक गोल गरे । २२औं मिनेटमा बेलोट्टीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा बेरार्डीले गोल गर्दै इटालीको जित पक्का गरे ।

जितसँगै लिग ‘ए’ को समूह १ मा इटालीले ६ खेलमा १२ अंक जोड्यो । २ अंक जोडेर पुछारमा रहेको बोस्निया भने रेलिगेसनमा परेको छ । अर्को वर्ष बोस्नियाले लिग बी खेल्नेछ । यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई २–१ ले हराएको छ ।

यसैगरी समूह चरणको अन्तिम खेलमा बुधबार राति डेनमार्कलाई ४–२ले पराजित गर्दै बेल्जियमले नेसन्स लिगको अन्तिम चारमा स्थान बनाएको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गर भने युरी टेलिमन्स र केभिन डे ब्रुइनले गोल गरे भने डेनमार्कका लागि जोनास विन्डले गोल गरे ।

घरेलु मैदानमा युरी टेलिमान्सले तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । तर, खेलको १७ औं मिनेटमा डेनमार्कका जोनास विन्डले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । ५६ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए ।

९६औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम ३–१ ले अघि रह्यो । ८६ औं मिनेटमा बेल्जियममा नासिर चाड्लीले आत्मघाती गोल गर्दा खेल ३–२ को अवस्थामा पुग्यो । ८७ औं मिनेटमा केभिन डे ब्रुयनले गोल गर्दै बेल्जियमलाई ४–२ को जित दिलाए ।

जितसँगै लिग ’ए’ को समूह २मा बेल्जियमले ६ खेलमा १५ अंक सहित शीर्ष स्थानमा रह्यो । डेनमार्क भने ६ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रह्यो । आइसल्यान्डलाई ४–० ले हराएको इंग्ल्यान्ड तेस्रो स्थानमा रह्यो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *