युरोपियन फुबटल एसोसिएसनले नेसन्स लिगको सेमिफाइनलको ड्र सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक ड्र अनुसार सेमिफाइनलमा नेदरल्यान्ड्स र क्रोएसिया तथा इटाली र स्पेन भिड्ने छन्।
सेमिफाइनल अगामी जुन १४ र १५मा हुने छ भने जुन १८ हुने छ। जुन १४मा नेदरल्यान्डस र क्रोएसियाबीचको खेल हुनेछ भने जुन १५मा इटाली र स्पेन भिड्ने छन्।
क्रोएसिय लिग १ को समूह ए को विजेता हो भने स्पेन समूह बी, इटाली समूह सी र नेदरल्यान्ड्स समूह डीको विजेताका रुपमा सेमिफाइनल पुगेका हुन्।