°
, May 29, 2023 in
0

अन्तिम मिनेटको गोलमा जोगियो स्पेन

SHARE:

डिफेन्डर जेसे गायाले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेपछि युइएफए नेसन्स लिगको पहिलो खेलमा स्पेन हारबाट जोगिएको छ । बिहीबार राति जर्मनीको स्टुडगार्डमा भएको खेलमा जेसेले अन्तिम समयमा गरेको गोलमा स्पेनले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा जर्मनीका टिमो वार्नरले गोल गरेका थिए भने स्पेनका जेसे गायाले गोल गरेका थिए । दुवै टिमले अधिकांश नयाँ खेलाडीलाई मौका दिएको थियो । दुईबीचको खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको थियो ।

तर, खेलको ५१औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई १–० गोलको अग्रता दिलाए। उनले रोबिन गोसेन्सके पासमा गोल गरेका थिए । खेलको इन्जुरी समयमा स्पेनले गोल फर्कायो । फेरान टोरेसको क्रसमा रोड्रिगोले हेडिङ मार्फत दिएको पासमा अनमार्क रहेका गायाले गोल गरेका थिए ।

युरोपका उत्कृष्ट टिमबीचको खेल भएपनि खेल उत्कृष्ट थिए । दुवै टिमले थुप्रै अवसर खेर फालेका थिए । स्पेलन बल पोजेसन राम्रो बनाए पनि फिनिसिङमा चुकेको थियो । उसका रोड्रिगोले खाली पोस्टमा पनि गोल गर्न सकेनन् ।

लिग एको समूह ४ मा रहेका जर्मनी र स्पेनले बराबरी खेल्दै अंक बाँड्दा सोही समूहको अर्को खेलमा यक्रेनले भने स्वीट्जरल्यान्डलाई २–१ ले हरायो र ३ अंकका साथ समूहको शीर्ष स्थानमा रह्यो । आइतबार राति स्पेनले युक्रेन र जर्मनीले स्वीट्जरल्यान्डसँग खेल्ने छन् ।

त्यस्तै, बिहीबबार राति नै भएका अन्य खेलमा फारोय आइसल्यान्डले माल्टालाई ३–२ ले, रसियाले सर्वियालाई ३–१ ले, हंगेरीले टर्कीलाई १–० ले र वेल्सले फिनल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेका छन्। यता, आयरल्यान्ड र बुल्गेरियाले १–१ गोलको बराबरी खेल्दा मोल्दोभा र कोसोभोले पनि १–१ गोलकै बराबरी खेलेका छन् भने लात्भिया र एन्डोराले तथा स्लोभेनिया र ग्रिसले भने गोलरहित बराबरी खेले ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *