युइएफए सुपरकपको उपाधिका लागि चेल्सी र भिल्लारियल भिड्दै

युईएफ सुपर कपको उपाधिका लागि इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियल भिड्ने भएका छन्। यी दुई क्लबबीचको उपाधि भीडन्त आज राति १२ः४५ बजे नर्दन आयरल्यान्डको विन्डसर पार्कमा हुने छ।

चेल्सी च्याम्पियन्स लिगको विजेताका रुपमा सुपर कप फाइनल खेल्न लागेको भने भिल्लारियल युरोपा लिगको विजेता हो।

चेल्सीले च्याम्पियन्स लिग उपाधि जित्ने क्रममा म्यान्चेस्टर सिटीलाई १–०ले हराएको थियो भने भिल्लालेरियलले म्यान्चेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१०ले हराएको थियो।

दुवै टिम उपाधि जित्दै सिजनको सुरुआत सानदार रुपमा गर्न चाहन्छन् ।