युईएएफए सुपरकपको फाइनल दर्शकसहितको रंगशालामा हुने भएको छ । युरोपियन फुटबल एसोसिएसन (युईएएफए)ले सेप्टेम्बर अन्तिम साता हुने सुपरकपको फाइनलमा दर्शकलाई रंगशालामा जान अनुति दिएको छ ।
युईएएफएले मंगलबार सुपरकपको फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशाला प्रवेश गर्न दिने निर्णय गरेको छ । उसले भनेको छ, ‘सुपर कप फाइनलमा ३० प्रतिशत दर्शक रंगशालामा उपस्थित हुन पाउने छन् । यो निर्णय यही फाइलनको लागि मात्र हो, अन्य खेलहरु भने तत्लकाल बन्द रंगशालामै हुनेछन् ।’
सुपरकप फाइनल सेप्टेम्बर २४मा हंगेरीको बुडापेस्टमा हुने छ । उपाधिका जर्मन क्बल बायर्न म्युनिख र स्पेनिस क्लब सेभिया भिड्ने छन् ।’

सुपर कपको फाइनल च्याम्पियन्स लिग र युरोपा लिगका विजेताले खेल्छन् । बायर्न च्याम्पियन्स लिग विजेता हो भने सेभिया युरोपा लिग । फ्रेन्च क्लब पिएसजीलाई हराउँदै बायर्नले छैठौं पटक च्याम्यिनस लिग जितेको थियो भने सेभियाले इटालियन क्लब इन्टर मिलानलाई हराउँदै छैठौं पटक नै युरोपा लिग जितेको थियो ।