खेलकै क्रममा मैदानमै हृदयघात भएर ढलेका डेनमार्क स्टार खेलाडी क्रिस्टियन एरिक्सनको जीवन बताचाउ मुख्य भूमिका खेलेका डेनमार्कका कप्तान सिमाेन केजर र डेनिस मेडिकल टिमलाई युईएफएले सम्मान गरेको छ। युईएफएले मंगलबार कप्तान केजर र मेडिकल टिमलाई ‘युइएफए प्रेसिडेन्ट अवार्ड’बाट सम्मान गरेको हो।
गत मेमा भएको युरोकपमा खेलकै क्रममा एरिसक्स एक्कासी मैदानमा ढलेका थिए । एरिक्सन मैदानमा अचेत भएर ढले लगत्तै केजरले ले बहादुरी र होसियारी पूर्वक मैदानमै सिपीआर दिएका थिए भने मिडिया र परिवारको नजरबाट बचाउन खेलाडीहरुलाई पर्खाल बनाउन लगाएका थिए ।
त्यसलगतै डेनिस मेडिकल टिमले पनि एरिक्सनलाई मैदानबाट उद्धार गरेको थियो । एरिक्स मैदानमा ढलेपछि खेलपनि बीचमै रोकिएको थियो । अस्पतालमा एरिक्नको होस् खुलेपछि खेल पुनः सुरु गरिएको थियो।
एरिक्सनले आफ्नो जिवन बचाइदिएकोमा टिम कप्तान केजर, मेडिकल टिम, टिममेट तथा फिनल्याण्डका प्रतिश्पर्धी खेलाडीहरुलाई पनि धन्यवाद दिएका छन् ।