नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मूख्य प्रशिक्षक उमेश पटवाल जनकपुर रोयल्सको प्रशिक्षक बनेका छन्। नेपाल टि–२० लिगको पहिलो संस्करणका लागि जनकपुरले भारतीय नागरिक पटवाललाई प्रशिक्षक नियुक्त गरेको हो।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टि–२० लिग डिसेम्बर २३ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ । जनकपुरका मार्की खेलाडी सोमपाल कामी छन्।
नियुक्तीसँगै पटवालले खुशी व्यक्त गरेको र परिचित सँगसँगै नयाँ ट्यालेन्टसँग काम गर्न उत्साह देखाएको पनि विज्ञप्तिमा उल्लेख छ। रोयल्सले डिसेम्बर २४ मा पोखरा एभेन्जर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
जनकरपुरको टिममा सोमपालसँगै सन्दीप जोरा, आदिल आलम, दीलिप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेस पुलामीजस्ता नेपाली खेलाडी छन्।