उमा कुङ्फुमा बूढानीलकण्ठ टिम च्याम्पियन

Read Time:3 Minute

आयोजक बूढानीलकण्ठ उमा कुङ्फु शाखाले बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको उपाधि जितेको छ । सर्वाधिक १७ स्वर्ण जित्दै बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बनेको हो ।

बूढानीलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको सान्डातर्फ पुरुषमा बूढानीलकण्ठका सुरेन्द्र थापा मगर तथा महिलामा गोकर्णेश्वर उमा कुङफु शाखाकी सोनाम डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भएको अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका प्रतियोगिता संयोजक उद्धव थापा मगरले जनाएका छन् । सुरेन्द्रले ६०–६५ केजी तथा सोनामले ५०–५५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।

नेपाल उमा कुङफु संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताअन्तर्गत प्याटर्नको पुरुषमा गोकर्णेश्वरका फुर्वा दोङ तथा महिलामा बूढानीलकण्ठकी अन्जली गुरुङ उत्कृष्ट खेलाडी चुनिए । फुर्वाले बेर ह्यान्ड स्पर्धामा स्वर्ण जिते । अन्जलीले दोहोरो स्वर्ण जितिन् । अन्जलीले बेर ह्यान्ड र वेपनमा शीर्ष स्थान कब्जा गरिन् ।

उत्कृष्ट चारैलाई नेपाल उमा कुङफु संघले खाना÷बस्न सुविधासहित चीनमा निशुल्क प्रशिक्षणका लागि पठाउने नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले प्रतिबद्धता जनाए ।

विजेतालाई पूर्व मन्त्री पार्वत गुरुङ, प्रतियोगिता संयोजक उद्धव थापा मगरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको उमा कुङफुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा डेन्मार्कबाट प्राप्त टाइची प्रशिक्षकको प्रमाण पत्र भाइराजा महर्जन र सान्तारत्न तुलाधरलाई हस्तान्तरण गरिएको थियो ।

प्रतियोगितामा १ सय ३५ खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सञ्चालनका लागि नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईको नेतृत्वमा १७ सदस्यीय निर्णायक टोली परिचालन गरिएको थियो । अफिसियलको पोशाक पोइजन जिन्सका प्रोप्राइटर जनक कार्कीले प्रायोजन गरिदिएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post झापा गोल्डकपको फाइनल हेर्न अल्मुताइरी विर्तामोड जाने
Next post बुद्ध एकेडेमीले जित्यो नगरस्तरीय छात्र बास्केटबल उपाधि
Close